Section 9
रणनीतिक वातावरणीय विश्लेषण
(१) नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेका नीति, कार्यक्रम वा आयोजना कार्यान्वयन गर्नुअघि त्यस्तो नीति, कार्यक्रम वा आयोजनाको सम्बन्धमा रणनीतिक वातावरणीय विश्लेषण गर्नु पर्नेछ।

(२) उपदफा (१) बमोजिमको रणनीतिक वातावरणीय विश्लेषण सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।